गीतकार तथा अभिनेत्री गायत्री थापाको तीज गीत ‘माइतीको झल्को’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
शिवदर्शन फिल्मस्को आधिकारिक युट्यब च्यानलबाट शुक्रबार सार्वजनिक भएको गीतमा गायिका दवी घर्ती मगरको स्वर रहेको छ।
गीतमा घर्ती एकल स्वर, थापाको शब्द र राजु सुनामको संगीत रहेको छ। गीतमा बाबुआमा नभएपछि माइतीघरमा दाजुभाइले आफू बिर्संदै गएको कथालाई प्रस्तुत गरिएको छ।
गीतको म्युजिक भिडियोमा गायत्री थापालाई प्रस्तुत गरिएको छ। कारुणीक भाव समेटिएको गीतको भिडियोमा अभिनेत्री थापाले आफूलाई गीतको भाव अनुकूल प्रस्तुत गरेकी छन्। थापाको साथमा भिडियोमा भुपाल केसीको पनि अभिनय रहेको छ।
म्युजिक भिडियोको निर्देशन, सम्पादन र कोरियोग्राफी जीवन सेन्चुरीको रहेको छ भने छायाँकन रामेश्वर हुमागाईं रहेको छ।
हेरौँ भिडियो
<p
प्रतिक्रिया