ad ad

राजनीति


ओली–प्रचण्ड छलफल समाधानउन्मुख

ओली–प्रचण्ड छलफल समाधानउन्मुख

नेपालखबर
साउन २९, २०७७ बिहिबार ९:२७,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नाै दिनपछि भएको छलफल सकिएको छ।

दुई अध्यक्षबीच केहि दिनको अन्तरालपछि भएको छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ।

‘आज समाधानउन्मुख छलफल भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेपालखबरसँग भने, ‘थप छलफल जारी राख्ने सहमति पनि भएको छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजेबाट सुरु भएको सो छलफल साढे दुई बजे सकिएको थियो।

दुई अध्यक्षसहित नेकपाका दुई खेमाबीचको विवाद सुल्झाउने सम्बन्धमा नेताहरु सहमतिनजिक पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्षबीच छलफल भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बुधबार एपी वन टेलिभिजनको टकशोमा आफूहरुले पाँच दिनभित्रै विवाद सुल्झाउने दाबी गरेका थिए।

याे पनि: 
नौ दिनपछि ओली–प्रचण्ड भेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .