मोदीले राम मन्दिरमा भूमिपूजा पनि गरेका थिए। भूमिपूजाका क्रममा राम मन्दिर ट्रस्टका प्रमुख नृत्य गोपालदास पनि मोदीसँगै थिए।
इन्डिया टुडेका अनुसार मोदीसँगै भूमिपूजा गर्ने गोपालदासमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
राम मन्दिर ट्रस्टले गोपालदासमा कोरोना पुष्टि भएको बिहीबार बताएको छ।
अयोध्यामा गत अगष्ट ५ मा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा गोपालदाससँग मोदीसँगै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल लगायतका व्यक्तिहरु सहभागी भएका थिए।
गोपालदासलाई हाल श्वासप्रश्वासमा समस्या उत्पन्न भएको जनाएको छ। एजेन्सी
प्रतिक्रिया