राजनीति


चीनद्वारा भारतको सीमानजिक आधुनिक तोपगोलासहित युद्ध अभ्यास

चीनद्वारा भारतको सीमानजिक आधुनिक तोपगोलासहित युद्ध अभ्यास

नेपालखबर
साउन २८, २०७७ बुधबार १६:२९,

भारतसँग तनाव जारी रहेकै बेला चीनले सीमा क्षेत्रमा तोपगोला प्रयोग गरी युद्ध अभ्यास पनि गरेको छ। 

सो अभ्यास ४ हजार ६ मिटरको उचाइमा गरिएको सीसीटीभीले जनाएको छ।

चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा सो अभ्यास गरिएको जनाइएको छ।

अभ्यासमा १२२ एमएको सवारी साधनमा राखेर पड्काउन मिल्ने होवित्जर तोप र एचजे–१० एन्टी ट्यांक क्षेप्यास्त्र प्रहार गरिएको थियो।

हिमाली क्षेत्रमा होवित्जर तोपलाई उपयुक्त मानिन्छ। त्यस्तै एचजे–१० ले १० किलोमिटरसम्म निसाना लगाउन सक्छ। ट्यांक, हेलिकोप्टर तथा साना डुंगालाई पनि ध्वस्त पार्न सक्छ।

भारतले सीमा विवादको एउटा केन्द्र १३४ किलोमिटर लामो पाङगोङ तालको एक खण्डमा गस्तीका लागि साना डुंगा तैनाथ गरेको बताइएको छ।

दशकौँपछि चीन र भारतबीच सम्बन्ध सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ। जुन १५ का दिन दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad