युएईमा म्यानपावरका कर्मचारीले एक जना नेपाली श्रमिकलाई कुटपिट गरेका छन्। ९ लाख रुपैयाँ लिएर रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै रकम लिएर युएईमा बेपत्ता पारेका म्यानपावर कम्पनीका कर्मचारीले श्रमिकमाथि कुुटपिट गरेको त्यहाँस्थित नेपाली दूताववासले जनाएको छ।
कुटाई खाने र कुट्ने दुवै व्यक्तिको नाम दूतावासले गोप्य राखेको छ। नेपालबाट बेलायत लैजाने भनेपछि दुवई पुु¥याएपछि बेलायत जान नसकिने भन्दै त्यहीँ काम गर्न भनेका थिए। तर ती कर्मचारीले ती युवाको पासपोर्ट भने आफैं राखेका थिए।
माग पत्र र भिसा समेत नक्कली भएको थाहा पाएपछि नेपाल फर्किन पासपोर्ट माग्दा उनीमाथि कुुटपिट भएको दूतावासले बुुधबार विज्ञप्ति जारी गर्र्दै जानकारी गराएको छ।
पासपोर्ट नदिएको र सांघातिक हमला गर्न लगाएको भन्दै दूतावासले संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ। दूतावासले यस्ता ठगको प्रलोभनमा नपर्न पनि सचेत गराएको छ।
Shares

प्रतिक्रिया