रावतले भारतको संसदीय समितिमा चीनसँगको वास्तविक नियन्त्रण रेखा ‘एलएसी’मा भारतीय सेना चीनका सेनासँग भिड्न र पूर्वी लद्दाख क्षेत्रमा तैनाथ हुन तयार भएको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
रावतले समितिमा एलएसीमा चिनियाँ आक्रमकता बढेको र उनीहरुले सीमामा निर्माणको काम गरिरहेको बताएका थिए।
चीनका करिब ४० हजार सेना लद्दाख नजिकको क्षेत्रमा तैनाथ गरिएको र सहमति बाबजुद पनि उनीहरु विवादित क्षेत्रबाट नहटेको उनले बताए।
रावतले भनेका छन्,‘चीनको कुनैपनि दुस्साहसको जवाफ दिन भारतीय सेना तयार छन्।’
चीनले हालै मात्र भारतसँगको सीमामा शान्ति चीनको पहिलो कुटनीतिक प्राथमिकता भएको बताएको थियो। एजेन्सी

प्रतिक्रिया