राजनीति


भारतसँग शान्ति र भरोसा कायम गर्नु हाम्रो कुटनीतिक प्राथमिकताः चीन

भारतसँग शान्ति र भरोसा कायम गर्नु हाम्रो कुटनीतिक प्राथमिकताः चीन

नेपालखबर
साउन २७, २०७७ मंगलबार ९:३१,

भारत र चीनबीचको सीमा विवाद हाल उत्कर्षमा रहेका बेला चीनको विदेशमन्त्रालयले मंगलबार यस्तो बताएको हो।

सिन्ह्वाका अनुसार चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्,‘दुवै देशले मिलेर सीमामा शान्ति र सुरक्षा कायम राख्नुपर्छ र दुईपक्षीय सम्बन्ध मजबुत बनाउनुपर्छ।’

सो क्रममा लिजियानले भारतसँगको सीमामा शान्ति र रणनीतिक भरोसा कायम गर्नु चीनको कुटनीतिक प्राथमिकता भएको बताएका थिए।

Lijian Zhao 赵立坚 (@zlj517) | Twitter

झाओ लिजियान

लिजियानले सीमाको पछिल्लो अवस्थाका बारेमा भने केही जानकारी दिएनन्। हाल भारत र चीनका कमाण्डरबीच सीमा विवाद साम्य बनाउने हिसाबले छलफलहरु जारी छन्।

गत जनु १५ मा भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो।

त्यसबेला २० भारतीय सेनाको मृत्यु भएको थियो भने चिनियाँ पक्षले आफ्ना सेनाको अवस्थाको बारेमा भने कुनै जानकारी दिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad