ad ad

राजनीति


प्रक्रिया नपुगेपछि लगानी बोर्डका सीईओ भट्ट विरुद्धको रिट दायर भएन

प्रक्रिया नपुगेपछि लगानी बोर्डका सीईओ भट्ट विरुद्धको रिट दायर भएन

नेपालखबर
साउन २५, २०७७ आइतबार १४:१५,

लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट विरुद्ध दर्ता गर्न लागिएको रिट अदालतले फिर्ता पठाएको छ।

आइतबार दर्ता गर्न लागिएको रिट प्रक्रिया नपुगेकोे भन्दै उच्च अदालत पाटनले दर्ता गर्न अस्वीकार गरेको हो।

लगानी बोर्डको सीईओमा भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै रिट दायर गर्न गएका अधिवक्ता जयबहादुर भुजेललाई पाटन उच्च अदालतले फिर्ता पठाएको हो।

अदालतले अर्को दिन प्रक्रिया पुर्‍याएर आउन भन्दै फिर्ता पठाएको उच्च अदालतका प्रवक्ता शम्भु प्रसाद रेगमीले जानकारी दिए।

उनले भने, ‘जुन किसिमको रिट ल्याइएको थिए। त्यो दर्ता हुने खालकोे थिएन। त्यस कारणले प्रक्रिया मिलाएर अर्को दिन आउनु भनेर फिर्ता पठाइएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .