ad ad

राजनीति


बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ, यो बहसको विषय बन्न सक्दैनः परराष्ट्र

बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ, यो बहसको विषय बन्न सक्दैनः परराष्ट्र

नेपालखबर
साउन २५, २०७७ आइतबार १२:०,

परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो।

‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ।’

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्धको जन्मस्थान नेपाल भएको बताएको पनि परराष्ट्रले उल्लेख गरेको छ।

‘बुद्धिज्म नेपालबाट संसारका अन्य भूभागमा फैलिएको सत्य हो। यो विषय सन्देह र विवादभन्दा पर छ। त्यसैले यसमा बहस हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यसप्रति सचेत छ,’ परराष्ट्रले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .