ad ad

समाज


कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु

कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु

नेपालखबर
साउन २५, २०७७ आइतबार १२:१५,

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली कांग्रेसका नेता छन्।

धनुषाकाे शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली कांग्रेसका नेताको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मृत्यु भएका उनको स्वाब संकलन गर्ने काम भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

यसैगरी धनुषाकै मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

प्रजिअ भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब संकलन गर्ने काम भइरहेको छ। बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए।

धनुषामा यसअघि एक जनाको कोरोना संक्रमित भएर मृत्यु भइसकेको छ। दुई साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .