राजनीति


श्रीलंका आम चुनाव : महिन्दा राजापाक्षेको पार्टीलाई दुईतिहाइ बहुमत

श्रीलंका आम चुनाव : महिन्दा राजापाक्षेको पार्टीलाई दुईतिहाइ बहुमत

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ४:४२,

श्रीलंकामा सम्पन्न संसदीय चुनावमा राष्ट्रपति गोटब्या राजापाक्षेको पार्टी श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले दुईतिहाइ बहुमतका साथ जितेको छ।

श्रीलंकाली राष्ट्रपति राजापाक्षेले आफ्नो पार्टीले ठूलो विजय प्राप्त गरेको घोषणा गरेका छन्।

यो जितसँगै उनका भाइ महिन्दा राजापाक्षे फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। जसले गत नोभेम्बरदेखि कार्यवाहक भूमिका निर्वाह गरिरहेका छन्।

चुनावमा एसएलपीपीले कूल २२५ सिटमा १४५ स्थान जितेको हो। साथै अन्य ५ सिटमा पनि यही पार्टीको सहयोगी दलले विजय प्राप्त गरेको छ। प्रस्तावित 'संवैधानिक परिवर्तन'का लागि याे जित आवश्यक नै रहेको राष्ट्रपतिले बताएका छन्।

कोरोना महामारीबीच श्रीलंकामा बुधबार मतदान भएको थियो। जसको नतिजा आज बिहानै घोषणा गरिएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर आफूलाई बधाई दिएको महिन्दा राजापाक्षेले ट्विटमार्फत जानकारी दिएका छन्।

दुई दशकयता श्रीलंकाको राजनीतिमा विवादित राजापाक्षेको वर्चस्व छ। महिन्दा राजापाक्षे यसअघि सन् २०५५ देखि २०१५ सम्म श्रीलंकाको प्रधानमन्त्री थिए।बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad