प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक भक्तपुरको बालकोटस्थित निवास पुगेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट गएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीको पछिल्लो मिर्गौला प्रत्यारोपण ०७६ फागुन २१ गते त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो।
त्यसयता उनी सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्।
प्रतिक्रिया