ad ad

राजनीति


स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ मापदण्ड, यस्ता व्यक्तिको पनि गरिन्छ पीसीआर परीक्षण

स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ मापदण्ड, यस्ता व्यक्तिको पनि गरिन्छ पीसीआर परीक्षण

नेपालखबर
साउन १८, २०७७ आइतबार १०:१२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ।

अब कोरोनाका लक्षणसहित स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका बिरामीलाई पनि पीसीआर विधिबाट परीक्षण गरिने मापदण्डमा उल्लेख छ।

अब नयाँ मापदण्डका आधारमा निम्न लक्षण देखिएका व्यक्तिको पीसीआर विधिबाट परीक्षण हुनेछः

१, लक्षणहरु (ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला) लगायतका सबै बिरामीको ।

२, संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको

३, गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई)का बिरामीहरूको

४, विदेशबाट आएका (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको ५देखि ७ दिनभित्र पीसीआर गरिने

५, फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनका अन्य कर्मचारीहरूको

६, १४ दिनयता कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेको खण्डमा

७, आईसीयूमा रहेका सबै बिरामीहरूको

८, दीर्घरोगीहरू, प्रतिरोधात्मक क्षमता क्षमता कमजोर भइसकेकाहरू विशेषगरि ६० वर्ष उमेर माथिका व्यक्तिहरुको

९, डाक्टरको मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको (आपत्कालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण नतिजा कुर्नु नपर्ने)

१० डाक्टर मूल्याङ्कनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोरोनाका बिरामीलाई डिस्चार्ज गर्दा पुनःपीसीआर परीक्षण गर्नुपर्नेछ । लक्षण नभएका तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न सकिनेछ । तर कम्तीमा तीन दिन लक्षणहीन भएको हुनुपर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .