सेयरबजारमा साताको पहिलो काराबोर दिन आज बजार परिसूचक उच्च अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४२.७८ अंकले र सेन्सिटिभ सूचक ८.१८ अंकले घटेको हो।
तर कारोबार रकम भने आज १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। आज १ सय ८९ कम्पनीको ४६ लाख कित्ता सेयर बिक्री भएका छन्। ३ बजे बजार बन्द हुनुअघि २७ हजार ८ सय ६० पटक सेयर खरिदबिक्री हुँदा उक्त रकमको कारोबार भएको हो।
आज कुल बजार पुँजीकरण १८ खर्ब रुपैयाँको र तरल बजार पुँजीकरण साढे ६ खर्ब रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। आज पनि कुल १२ समूहको कारोबार भएकामा सबै समूहको सूचक ओरालो लागेका छन्। आज बीमा समूह, होटल, विकास बैंक, वाणिज्य बैंक, माइक्रोफाइनान्स, उत्पादन समूहको कारोबार सूचक उच्च अंकले घटेको छ।
कारोबारको आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको २२ करोडको सर्वाधिक कारोबार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोडको तथा एनएमबी बैंकको ८ करोड, हिमालयन डिस्टिलरी कम्पनीको ७ करोडको, एनआईसी एसिया बैंकको ६ करोड ९९ लाखको सेयर कारोबार भएको छ।
आजको कारोबारमा चारवटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत आम्दानी गरेका छन् भने गुमाउनेमा एक कम्पनीको मात्रै ९ प्रतिशत सेयर मूल्य खस्किएको छ। त्यस्तै तीनवटा कम्पनीको ७ प्रतिशतले सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।
प्रतिक्रिया