ad ad

राजनीति


संक्रमण फैलँदै जाँदा कांग्रेसले गर्‍यो औषधि व्यावसायीसँग छलफल

संक्रमण फैलँदै जाँदा कांग्रेसले गर्‍यो औषधि व्यावसायीसँग छलफल

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १५:४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालमा हाल औषधिको उपलब्धताबारे औषधि व्यावसायीहरुसँग छलफल गरेको छ।

पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्पमा छलफल गरेको हो।

नेपाल औषधि थोक व्यावसायी संघको आयोजना एवम् व्यवस्थापनमा भएको छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको अवस्थाबारे नेताहरुले चासो राखेका थिए।

कार्यक्रममा कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लगाए। सरकार र स्वयम् प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउँदै महतले सरकारलाई खबरदारी गर्न अपिल गरे।

कार्यक्रममा नेपाली कांग्रेस अनुगमन समितिका सदस्यहरु एनपी सावद, डा. प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी संघका पदाधिकारी एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .