नेपाली कांग्रेसले ‘पदावधि’ सकिएका आफ्ना नाै भ्रातृ संस्थाको ६ महिना म्याद थपेको छ।
आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी उल्लिखित संघको म्याद सकिएको मितिबाट ६ महिना अवधि थप गरिएको जानकारी दिएका हुन्।
3
Shares
प्रतिक्रिया