नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी कुवेर कडायतलाई दिइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कडायतले बुधबारबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
यसअघिका प्रवक्ता निरज शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि प्रधान कार्यालयले नयाँ प्रवक्ता तोकेको हो।
प्रद्युम्न कार्की र शाहीले बुधबारदेखि नै एआईजीको दज्र्यानी चिन्ह लगाउँदै क्रमशः प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानव श्रोत विभागमा पदबहाली गरेका छन्।
कडायत यसअघि प्रहरीको सह प्रवक्ताको जिम्मेवारीमा थिए। प्रहरी प्रवक्ता डीआईजी हुने भएपनि तीन डीआईजी रिक्त रहेकाले बढुवा नहुन्जेल कडायतले प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया