राजनीति


पक्राउ परेका मान्छे छाडेर वार्ता हुँदैनः सञ्चारमन्त्री

पक्राउ परेका मान्छे छाडेर वार्ता हुँदैनः सञ्चारमन्त्री

नेपालखबर
साउन २, २०७६ बिहिबार १२:४,

सरकारले वार्ताअघि पक्राउ परेका आफ्ना कार्यकर्ता छाड्नुपर्ने विप्लव नेकपाले राखेको शर्त स्वीकार गर्न नसकिने प्रस्ट पारेको छ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाड्न नसकिने बताए। 

मन्त्री बाँस्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्रै सरकारले विप्लव समूहसँग वार्ता गर्ने बताए। सरकार वार्ताका लागि सधैं तयार रहेको बताउँदै उनले भने, वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुुँदैन।’

त्कालीन माओवादी र सरकारबीचको वार्ता शक्ति सञ्चयका लागि भएको भन्दै उनले अहिले विप्लव समूहले पनि सोही क्रम दोहो¥याउन खोजेको बताए। ‘५२ सालदेखि ६२ सालसम्म के भयो? वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने’, उनले भने, ‘फेरि त्यसकै दुष्चक्रमा फर्किने? त्यसमा सरकार सचेत छ।’

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पक्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लव नेकपालाई सीके राउत झैँ शान्तिपूर्ण मूलधारमा आउन आग्रह समेत गरे। ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित गर्नुहोस् जुनसुकै बेला वार्ता हुन्छ’, मन्त्री बाँस्कोटाले भने।

उनले हिंसा छाडेर वार्तामा आए विप्लव समूहले गरेका पहिलेका गल्ती पनि माफ गर्न सकिने बताए।

सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले नख्खु जेलमा रहेको विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेट गरेको पुष्टि गर्दै उनले अन्य विभिन्न तहबाट पनि वार्ताका लागि पहल भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad