ad ad

राजनीति


बालुवाटारमा औपचारिक बैठक होइन, ब्रिफिङ मात्र हो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

बालुवाटारमा औपचारिक बैठक होइन, ब्रिफिङ मात्र हो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

नेपालखबर
साउन १३, २०७७ मंगलबार ८:३७,

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबारका लागि तय भएको बैठक स्थगित भएपछि कुनै औपचारिक बैठक नरहेको ओलीको सचिवालयले दाबी गरेको छ।

मंगलबार ११ बजेका लागि तय भएको बैठक अध्यक्ष ओलीले एकतर्फीरुपमा स्थगित गरेको भनी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बालुवाटारमै जारी ‘बैठक नभई आपसी भेला’ मात्र भएको ओलीको सचिवालयको भनाई छ।

प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत करिब ३० जना नेता बालुवाटारमा छन्।

‘आजको बैठक स्थगित भएको हो। प्रचण्डले प्रधानमन्त्रीसँगको परामर्श गरेपछि त्यसबारे त्यहाँ उपस्थित नेताहरुलाई ब्रिफिङ गर्नुभएको हो औपचारिक बैठक होइन,’ पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरसँग भने।

थापाले पार्टी महासचिव विष्णु पौडेल पनि सो बैठकमा सहभागी नभएको बताए।

याे पनि: 

प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .