ad ad

राजनीति


हामी बालुवाटारको बैठक कक्षमै छौं, एकतर्फी बैठक स्थगित हुँदैनः प्रवक्ता श्रेष्ठ

हामी बालुवाटारको बैठक कक्षमै छौं, एकतर्फी बैठक स्थगित हुँदैनः प्रवक्ता श्रेष्ठ

नेपालखबर
साउन १३, २०७७ मंगलबार ५:२३,

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेपछि टकराव झन् बढेको छ।

ओलीले एकतर्फी रुपमा बैठक स्थगित गर्न नमिल्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरु भने बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, लिलामणि पोखरेल बालुवाटार बैठक स्थलमा छन् भने अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, मातृका यादव बालुवाटार पुग्ने क्रममा छन्।

‘हामी तीन जना बालुवाटारको बैठक कक्षमै छौं, दुई जना अध्यक्षको सहमतिमा मात्र बैठक स्थगित हुनसक्छ, एकजना अध्यक्षले मात्र रोक्न खोजेर रोकिँदैन,’ प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने, ‘अध्यक्ष प्रचण्डले बैठक रोकिँदैन भन्नुभएको छ।’

यो पनि : यस्तो छ नेकपा संसदीय दलको गणित, को सांसद कता? (सूची)

नेपालले पनि आफु बालुवाटार गइरहेको बताउँदै नेताहरूलाई बालुवाटार जान भनेका छन्।

‘एक जना अध्यक्षले मात्रै रोक्न खोजेर बैठक रोकिँदैन, अध्यक्ष प्रचण्डजीसँग सल्लाह गरेर हामी बैठक चलाउँछौं’, नेपाललाई उधृत गर्दै स्थायी समितिका एक सदस्यले भने।

बालुवाटारमा रहेका एक नेताका अनुसार बैठक स्थगित गरिएको सूचना समेत सबै सदस्यलाई पठाइएको छैन।

‘सबै सदस्यलाई बैठक स्थगित भएको सूचना पनि पठाइएको छैन। अहिले यहाँ आइपुग्ने स्थायी समिति सदस्यहरुको नामावली टिप्ने काम भइरहेको छ। बैठक गर्ने नै तयारी छ,’ ती नेताले भने।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजेका लागि तय भएको बैठक सुरु हुने समयभन्दा आधाघन्टा अघि स्थगित भएको जानकारी सार्वजनिक गरेका थिए।

‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ः०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,’ उनले भनेका छन्।

याे पनि: ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेको भन्दै नेकपा नेताहरु पुगे बालुवाटार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .