ad ad

कला


भारतीय एक्सन निर्देशक परवेज खानको निधन

भारतीय एक्सन निर्देशक परवेज खानको निधन

नेपालखबर
साउन १३, २०७७ मंगलबार ४:५०,

भारतीय सिने जगतका एक्सन निर्देशक परवेज खानको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघातका कारण सोमबार ५५ वर्षीय खानको निधन भएको हो।

निर्देशक खानका सहायक निशान्त खानले उनलाई सोमबार बिहान हतारहतार अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। निशान्तका अनुसार आइतबार राति खानले छाती दुखेको बताएका थिए। उनी सन् १९८६ देखि फिल्म क्षेत्रमा कार्यरत थिए।

फिल्म निर्माता हंसल मेहताले उनको आत्माको शान्तिको कामना गरेका छन्।

ट्विट गर्दै उनले भनेका छन्, ‘एक्सन निर्देशक परवेज खान अब यो संसारमा छैनन् भनेर भर्खरै थाहा पाएँ। हामीले साहिद फिल्ममा सँगै काम गरेका थियौं, जसमा उनले दंगाको सीन सिंगल टेकमा गरेका थिए। असाध्यै क्षमतावान्, ऊर्जाले भरिपूर्ण र उत्कृष्ट व्यक्ति। तपाईंको आत्माले शान्ति पाओस्। तपाईंको आवाज अझै पनि मेरो कानमा गुञ्जिरहेको छ।’

भारतीय सञ्चारमाध्यमका अनुसार एक्सन निर्देशक अकबर बख्सीको सहायकका रूपमा करियर सुरु गरेका परवेज खानले अक्षय कुमारको ‘खिलाडी’, शाहरुख खानको ‘बाजिगर’ र बबी देओलको ‘सोल्जर’ जस्ता फिल्ममा काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .