राजनीति


स्थायी समिति बैठकमा किन गएनन् प्रधानमन्त्री ओली?

स्थायी समिति बैठकमा किन गएनन् प्रधानमन्त्री ओली?

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:१४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा अनुपस्थित भएका छन्।

मंगलबार दिउँसो सवा १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष एवं प्रधानमन्त्रीको अन्य कामको थकानका कारण बैठकमा अनुपस्थित भएको जानकारी दिए।

प्रधानमन्त्री किन अनुपस्थित रहनुभयो भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘आज उहाँ (प्रधानमन्त्री अन्य कामको थकानका कारण बैठकमा आउनसक्नु भएन।’

स्थायी समिति बैठकअघि भने अध्यक्ष ओली र अर्का अध्यक्षबीच भेटवार्ता भएको थियो।

आजको स्थायी समिती बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै एक हप्ताका लागि स्थगित गरिएको छ।

स्थायी समितिको अर्को बैठक यही साउन १३ गतेका लागि बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad