राजनीति


प्रचण्ड सचिवालय भन्छ : छलफल जारी छ, सहमति भइसकेको छैन

प्रचण्ड सचिवालय भन्छ : छलफल जारी छ, सहमति भइसकेको छैन

नेपालखबर
साउन ३, २०७७ शनिबार १७:१२,

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीको विवाद सुल्झाउनका लागि बिभिन्न विषयमा छलफल भएपनि सहमति नभइसकेको बताएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंसिरमा महाधिवेशन गरी ओलीले पार्टी नेतृत्व हस्तान्तरण गर्न सहमत भएको भन्ने समाचार आइरहेका बेला सो विषय छलफलकै क्रममा रहेको उनको सचिवालयले जनाएको छ।

‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा बिभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौं,’ प्रचण्डको सचिवालयका तर्फबाट गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्।

राजीनामा दिन पार्टीभित्रबाट आएको दबाब सामना गर्ने क्रममा ओलीले नयाँ प्रस्ताव अगाडि सारेको बताइएको छ।

शनिबार बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गराएर अध्यक्षबाट हट्न चाहेको भन्दै ‘सम्मानजनक रुपमा जिम्मेवारी हस्तान्तरण गर्ने अवसर दिन’ आग्रह गरेको सचिवालयका नेताहरुले बताएका छन्।

ओली र प्रचण्डबीच सहमति भएको आभास पाएपछि अर्का नेता माधव नेपालले असन्तुष्टि व्यक्त गरिसकेका छन्।

उनले फेरि पनि दुई अध्यक्षबीच माात्र समझदारी बनाएर पार्टीको समस्या नसुल्झिने बताइसकेका छन्।

नेता नेपालले पार्टीमा देखिएको अहिलेको विवादमा दुई अध्यक्षबीच मात्र सहमति गर्न खोजे त्यसविरुद्ध देशव्यापी अभियान चलाउने चेतावनी नै दिएका छन्।

याे पनि: ओलीको नयाँ प्रस्ताव : मंसिरमा महाधिवेशन गराएर अध्यक्ष छोड्छु

ओली–प्रचण्ड मात्र मिले देशव्यापी अभियानमा जान्छु : माधव नेपाल

राष्ट्रपति भण्डारीलाई ओली–प्रचण्डको संयुक्त ब्रिफिङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad