ad ad

राजनीति


शाही र कार्की एआईजीमा बढुवा

शाही र कार्की एआईजीमा बढुवा

नेपालखबर
असार ३१, २०७७ बुधबार १४:५०,

प्रहरी नायब महानिरिक्षक (डीआईजी) निरज शाही र प्रधुम्न कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

अब एक साताभित्र कुनै उजुरी नपरे सरकारले उनीहरुलाई एआईजीमा पदस्थापन गर्नेछ।

शाही र कार्की वर्तमान महानिरीक्षक शैलेश थापाकै ब्याची हुन्। उनीहरु एकैपटक डीआईजीमा बढुवा भएका थिए। तर एआईजी बढुवामा यो ब्याचबाट दुई जना पर्दा हरि पाल र शैलेश थापा बढुवा भए।

अब प्रहरीका आईजी र तीन एआईजी एउटै ब्याची हुनेछन्। बढुवा समितिको यो निर्णयसँगै भावि आईजीपी डीआईजीबाट सिधै बढुवा गर्नुपर्ने भएको छ। आईजीसँगै सबै एआईजी २२ महिनापछि अवकास हुने छन् ।

2aig.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .