गत जुन १५ मा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा आफ्ना र चिनियाँ सेनाबीच भएको झडपपछि नै भारतले रुससँग हतियार सम्झौता गर्न हतार गरेको थियो।
भारतले पहिल्यै ५.४३ अर्ब अमेरिकी डलरमा एस–४०० डिफेन्स मिसाइल प्रणाली खरिद गर्ने विषयमा रुससँग सम्झौता गरेको थियो।
त्यसको अलवा हालै भारतले थप २.४ अर्ब अमेरिकी डलरमा रुसबाट ३३ नयाँ युद्धक विमान खरिद गर्ने र अन्य ५९ वटा युद्धक विमान पनि खरिद गर्ने सम्झौता गरेको एससीएमपीले जनाएको छ।
यद्यपि चीनसँग रूसको घनिष्ठ सम्बन्ध भएका कारण भारतमा मस्कोलाई विश्वास गर्ने किन नगर्ने भन्ने विषयमा प्रश्न उठेको छ।
हालैमात्र चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादमिट पुटिनबीच टेलिफोन वार्ता भएको थियो।
दुवै नेताले आपसी हितका लागि सहकार्य गर्ने र दुई देशबीच उत्पन्न खतरासँग मिलेर सामना गर्ने विषमा सहमति भएको थियो।
यसबीचमा अमेरिकाले इन्डो–प्यासिफिक रणनीति मार्फत भारतलाई आफ्नो हतियार खरिदका लागि जोड दिँदै आएको छ।
‘भारतले एकसँग मात्र भर नपरेर रुस र संयुक्त राज्य अमेरिका दुबैसँगको संलग्नताका लागि मध्यम मार्ग अनुसरण गर्नुपर्छ भन्ने भारतमा धेरैले विश्वास गर्दछन्।’ नयाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका न्युक्लिएर एन्ड स्पेस पोलिसि इनिसियटिभका प्रमुख राजेश्वरी पिलाई राजागोपालन भन्छन्।
हतियारमा वर्षौ अरबौं डलर खर्च गर्ने भारत अन्तर्राष्ट्रिय हतियार बजारको मुख्य खरीददार हो। गएको १० वर्षमा भारले विश्वमा सबैभन्दा बढी विदेशी हतियार खरिद गरेको स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले जनाएको छ।

सोभियत युनियनको समयदेखि रुस सँधै भारतकोे मुख्य हतियार विक्रेता रहँदै आएको छ। सन् २००० यता भारतले विदशेबाट ५१ अर्ब अमेरिकी डलरको विदेशी हतियार खरिद गर्दा रुसबाट मात्र ३५ अर्ब डलरको हतियार ल्याएको छ।
गएको २० वर्षमा भारतले अमेरिकाबाट भने मात्र ३.९ अर्ब डलरको हतियार खरिद गरेको छ। यसैवर्षको सुरुवातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ३ अर्ब डलरको हतियार खरिद गर्ने प्रतिज्ञा गरेका छन्।
‘भारत र चीनबीचको विवादबाट रुसलाई फाइदा हुँदा अमेरिकीहरु खुशी हुँदैनन्’ बेइजिङस्थित सैन्य विश्लेषक झाउ चेनमिङ भन्छन्,‘ट्रम्प प्रशासनले अरबौंको कारोबार हुने हतियार बजारमा ठूलो हिस्सा ओगट्ने प्रयास गरिरहेको छ र अमेरिकाले यो मौका गुमाउन चाहँदैन।’
अमेरिकाले भारतको लागि ‘सुपर एफ–१६’ विकास गरिदिने प्रस्ताव गर्नुका साथै भारत सरकारले चाहेको स्थानमा उक्त युद्धक विमान र एस–४०० मिसाइल प्रणालीको उत्पादन लाइन स्थान्तरन गर्ने प्रस्ताव गरेको छ।
अमेरिकाले भारतलाई प्रदान गरेको अपाचे र चिनकुक हेलिकप्टर हाल लद्दाखमा तैनाथ छन्। चिनियाँ विज्ञहरुका अनुसार भारतले विदेशबाट हतियार खरिद गर्दा भारत शक्तिशाली बन्छ तर केही हदसम्म मात्र।
हङकङस्थित सैन्य विश्लेषक सङ जोनपिङ भन्छन्,‘भारतले हत्याधुनिक हतियारहरु किन्न सक्छ तर वास्तविक लाडाइ क्षमता खरिद गर्न सक्दैन।’ एससीएमपी

प्रतिक्रिया