समाज


नेपालमा पहिलोपटक सांसदलाई कोरोना

नेपालमा पहिलोपटक सांसदलाई कोरोना

नेपालखबर
असार ३०, २०७७ मंगलबार ९:५२,

नेपालमा पहिलोपटक एक सांसदमा कोरोना पोजिटिभ भेटिएको छ।

सोमबार पीसीआर परीक्षण गरेका कर्णाली प्रदेशका एक सांसदको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ।

‘एक जना सांसदको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उहाँलाई अहिले आइसोलेसनमा राखिएको छ’, ती मन्त्रीले नेपालखबरसँग भने।

यसअघि स्थानीय तहका जनप्रतिनिधिहरुमा कोरोना पोजिटिभ पाइएको भए पनि सांसदमा भने पहिलोपटक पुष्टि भएको हो।

ती सांसदलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अन्य सांसद तथा व्यक्तिहरूको ट्रेसिङ कार्य भइरहेको ती मन्त्रीले जानकारी दिए। 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सांसदको सम्पर्कका आएको बताए।

संक्रमित सांसदलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा घरमै सेल्फ आइसोलेसनमा राखिएको जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad