राजनीति


अमेरिकी दबाबमा चीनलाई ठूलो झट्का दिँदै बेलायत

अमेरिकी दबाबमा चीनलाई ठूलो झट्का दिँदै बेलायत

नेपालखबर
असार ३०, २०७७ मंगलबार ७:३५,

तर यतिबेला बेलायतको मनसाय परिवर्तन भएको छ। यहाँका मन्त्रीहरुले बेलायतमा हुवावेलाई स्थान नदिने बताइरहेका छन्।

जनवरी महिनामा लामो समयको छलफलपछि बेलायतले हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने बताएपनि त्यहाँ हुवावेको भूमिका सीमित हुने बताएको थियो।

बेलायती बजारमा हुवावेको हिस्सेदारी ३५ प्रतिशत मात्र हुने बताइएको थियो। तर यतिबेला सरकारले आफ्नो निर्णयमा पुनर्विचार गरिरहेको छ।

अमेरिकी दाबाबका कारण हुवावेप्रतिको बेलायती दृष्टिकोण परिवर्तन भएको अनुमान गरिएको छ।

अमेरिकाले हुवावेलाई चिनियाँ सरकारको जासुसीको माध्यम बनेको आरोप लगाउँदै आएको छ। चीनका हरेक उत्पादनमा चीन सरकारको नियन्त्रण रहेको अमेरिकी गुप्तचरहरुको ठहर छ।

चीन सरकारले चाहे चीनका सबै कम्पनीको सूचना प्राप्त गर्नसक्ने बताउँदै अमेरिकी अधिकारीले केही समय अगाडि हुवोवे लगायतका चिनियाँ प्रविधि कम्पनी प्रयोग नगर्न सुझाव दिएको थियो।

हुवावेमाथि अमेरिकामा प्रतिबन्ध लागेको छ। यसअघि बेलायतले हुवावेको फाइभ–जी प्रविधि आफूले प्रयोग गर्ने बताएपछि अमेरिका बेलायतसँग रुष्ट बनेको थियो।

हालै बेलायतको नेसनल सेक्युरिटी सेन्टर एनसीएससीले सरकारलाई एक प्रतिवेदन बुझाएको थियो जहाँ बेलायतले हुवावेसँगको नीति परिवर्तन गरिनुपर्ने उल्लेख गरिएको बीबीसीले जनाएको छ।

त्यहाँ अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएको अवस्थामा हुवावेका सामग्री बेलायतका लागि सुरक्षित छन् भनेर विश्वास गर्न नसकिने एनसीएसीले जनाएको छ।

हुवावेले भने आफू स्वतन्त्र कम्पनी भएकाले चीन सरकारको नियन्त्रण आफ्नो कम्पनीमा नभएको बताउँदै आएको छ।

बेलायतले हुवावेसँगको नीति परिवर्तन गर्ने भएपछि हुवावेलाई ठूलो झट्का लाग्ने देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad