राजनीति


किमकी बहिनी भन्छिन्ः अमेरिकासँगको शिखर सम्मेलन असम्भव

किमकी बहिनी भन्छिन्ः अमेरिकासँगको शिखर सम्मेलन असम्भव

नेपालखबर
असार २७, २०७७ शनिबार ६:१७,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको छलफलले उत्तर कोरियालाई केही फाइदा नहुने भएकाले उनीसँग उच्चस्तरीय वार्ता गर्नु अर्थहिन भएको किम यो जोङको भनाइ छ।

यद्यपी उनले ‘तर पनि, भविष्यमा के हुन्छ थाहा छैन’ भन्दै सम्मेलन हुने संकेत समेत दिएको केसीएनले जनाएको छ।

केसीएनएमा आफ्ना भनाइ राख्दै किम यो जोङले ‘आणविक कुटनीति’ जीवितै राख्न वासिङ्टनबाट छुट प्रदान हुनुपर्ने बताइन्।

उनी भन्छिन्,‘अझैपनि केही आश्र्चय हुनसक्छ त्यो दुई मुख्य नेताको सहमति र निर्णयमा निर्भर गर्छ।’

किम यो जोङ उनका दाई किम जोङ उनका विश्वास पात्र मानिन्छन्। उनलाई किमपछि उत्तर कोरियको उत्तराधिकारीको रुपमा हेरिएको छ।

दक्षिण कोरियाले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को शिखर वार्ता हुनुपर्ने बताएका थिए।

The White House hung up a photo with Trump and Kim Jong Un ...

यसबीचमा उत्तर कोरियाको पछिल्लो भनाइ आएको हो। यसअघि दक्षिण कोरियाकै मध्यस्थतामा किम र ट्रम्पबीच दुईपटक शिखर वार्ता भइसकेको छ। सन् २०१८ मा सिंगापुर र सन् २०१९ मा भियतनाममा किम र ट्रम्पबीच वार्ता भएको थियो।

तर वार्ताले कुनै निकास दिन सकेको थिएन। पहिलेका वार्तामा उत्तर कोरियाले आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अमेरिकाले हटाउनु पर्ने बताएको थियो। प्रतिबन्ध हटे आफूले क्षेप्यास्त्र परीक्षणका कार्यक्रम रोक्ने उत्तरको प्रतिबद्धता छ।

यद्यपी अमेरिकाले भने पूर्ण प्रतिबन्ध नहटाउने बताएपछि पहिलेका छलफल निष्कर्ष विहिन भएका थिए। पछिल्लो समय उत्तरले क्षेप्यास्त्र कार्यक्रम पुनः संचालन गरिरहेको छ।

उत्तरले हालै छुट प्रदान गर्न भनेर प्रतिबन्ध खुकुलो बनाउन आग्रह गरेको विश्लेषण गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad