प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहि बेरमा देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारपछि प्रसारण हुनेछ।
केहि दिनयता देशका बिभिन्न जिल्लामा भएको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा दर्जनौं मानिसहरुको ज्यान गएको छ।
पार्टीको अध्यक्ष समेत रहेका उनको राजीनामा माग भएका कारण पार्टी नेतृत्वमा तीब्र विवाद भई स्थायी कमिटीको बैठकसमेत पटक पटक स्थगित भइरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो।
— Surya Thapa (@ThapajiSurya) July 10, 2020सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा अाेलीज्यूले देशवासीहरूलाई गर्नुभएकाे संबाेधन अहिले बेलुका ८:०० बजेकाे समाचारपछि नेपाल टेलिभिजनबाट प्रशारण हुने जानकारी सबै संचारमाध्यम र संचारकर्मीहरूलाई जानकारी गराउन चाहन्छु ।
उक्त संबाेधन https://t.co/sgR33AkiQj मा पनि उपलब्ध हुनेछ ।
प्रतिक्रिया