राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरण गरी जनता समाजवादी पार्टी (जसपा) गठन गर्ने निवेदनलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले दुई पार्टीको एकतालाई मान्यता दिने निर्णय गरेको बताए।
‘अब उहाँहरुलाई एकीकरणको प्रमाणपत्र दिने काम र राजपत्रमा सूचना निकाल्ने काम पनि हुन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने।
गत बैशाख १० गते दुई पार्टीबीच एकीकरण गरी जसपा गठन गर्ने सहमति भएको थियो।
त्यसपछि जेठ २५ गते एकिकृत पार्टीका नेताहरु आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका थिए।
याे पनि:
समाजवादी पार्टी र राजपाबीच मध्यरातमा एकीकरण, किन गरियाे रातारात एकता?
जसपा दल दर्ता आज गरिँदै : यस्तो छ नेताहरुको पद विभाजन
3
Shares

प्रतिक्रिया