राजनीति


ओली, प्रचण्डबीच खुलस्त छलफल, वातावरण सहज बनाउने प्रयास

ओली, प्रचण्डबीच खुलस्त छलफल, वातावरण सहज बनाउने प्रयास

नेपालखबर
असार १९, २०७७ शुक्रबार ९:३१,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको निर्णायक भनिएको वार्ता सकिएको छ।

वार्तामा दुवै अध्यक्षले पछिल्ला घट्नाक्रमबारे खुलस्त छलफल गरेको र दुवै पक्षले वातावरणलाई सकारात्मक दिशातर्फ लैजान प्रयास गरिएको बताइएको छ।

‘मंसिर ४ मा भएको समझदारी, त्यस यताका घट्नाक्रमबारे दुई अध्यक्षबीच खुलस्त कुराकानी भएको छ। उहाँहरुले यसबीचका घट्नाक्रमको पनि खुलेर समीक्षा गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरसँग भने।

पार्टीभित्र विवादले चर्को रुप लिएपछि जारी स्थायी समिति बैठकसमेत शनिबार सम्मका लागि स्थगित गरिएको थियो।

थापाका अनुसार स्थायी समिति बैठकअघि शनिबार बिहान दुई अध्यक्षबीच पुनः छलफल हुनेछ।

शुक्रबार दुई अध्यक्षबीच करिब ४ घण्टासम्म जारी रहेको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी थिए।

दुई पार्टी एकता प्रक्रिया लगायत यसअघिका निर्णायक वार्ताहरुमा सक्रिय रहेका पौडेल र शर्मालाई समेत साक्षी राखेर गरिएको शुक्रबारको लामो वार्ता निर्णायक हुने अपेक्षा गरिएको थियो।

छलफलमा दुवै अध्यक्षले आ–आफ्ना कुरा राखे पनि कुनै सहमति भने भइनसकेकाे एक नेताले बताए। 

‘दुई अध्यक्षबीचको संवाद सकारात्मक भए पनि कुनै सहमति बनिसकेकाे छैन’, नेपालखबरसँग कुरा गर्दै ती नेताले भने, ‘दुबै अध्यक्षले आआफ्ना कुरा राख्नुभएको छ, छलफलका लागि भोलि बिहान फेरि बस्ने सहमति भएको छ।’

केही समयदेखि जारी नेकपाभित्रको आन्तरिक विवाद स्थायी समिति बैठकमा थप उत्कर्षमा पुगेको हो। बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुनुका साथै उनको राजीनामा समेत मागिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad