राजनीति


विद्यार्थी नेतालाई थर्काउँदै देउवाले भने : जहाँ पनि हारेको हार्‍यै छ, कहाँ छ नेविसंघ?

विद्यार्थी नेतालाई थर्काउँदै देउवाले भने : जहाँ पनि हारेको हार्‍यै छ, कहाँ  छ नेविसंघ?

नेपालखबर
असार १९, २०७७ शुक्रबार ७:१९,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका विद्यार्थी संगठनका नेताहरुलाई थर्काएका छन्।

नेविसंघले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा शुक्रबार शान्तिबाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा सभापति देउवाले भाषणभन्दा संगठन विस्तारमा जोड दिन विद्यार्थी नेताहरुलाई निर्देशन दिए।

उनले काठमाडौँमा भाषण गरेर बस्ने प्रवृत्तिका कारण नेविसंघ कमजोर बनेको भन्दै सबै विद्यार्थी नेताहरुलाई गाउँ जान निर्देशन दिए। ‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस्। गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस्’, आक्रमक रुपमा प्रस्तुत भएका देउवाले भने, ‘जहाँ पनि हारेको हार्‍यै छ, नेविसंघमा लाज पनि छैन।’

कार्यक्रममा छोटो समयमात्रै बोलेका सभापति देउवाले अहिले नेविसंघ कहाँ छ भनजेर खोज्नुपर्ने अवस्था आएको बताए। उनले आफ्नो देशैभरि नेविसंघ रहेको र त्यही नेविसंघको सभापति आफू देशमा चारपटक प्रधानमन्त्री भइसेको बताए। ‘हामीले सबै ठाउँमा जितेका थियौं। नेविसंघ कहाँ छ आज? गाउँमा छ? स्कुलमा छ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन’, उनले भने, ‘गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन्। त्यही नेविसंघ त हो नि पार्टी भन्ने। कहाँ छ नेविसंघ? कतिपल्ट भन्ने।’

उनले अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताए । उनले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताए। आफू अहिले सम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोहीपनि विद्यार्थी नेताहरु भविश्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘अहिलेको कुरा केही होइन सबैकुरा हुन्छ। नेविसंघको पूर्णता हुन्छ। नेपाली कांग्रेसको अधिवेसनको काम भइरहको छ। त्यस कारणले दुई साइडको कुरा हुँदै गर्छ’, उनले भने, ‘हाम्रा केही समस्याहरु छन। बहिरपट्टी जाँदैन् । विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेननी। आफुलहरु झगडा गर्‍यागर्‍यै छन। म नेविसंघको सभापति पनि हुँ। तीन पल्ट प्रधानमन्त्री भइसके चार पल्ट भइसकेँ। तपाईहरु कोही हुन सक्नुहुन्छ भोलि? यस्तै हिसाबले? लाज पनि छैन।’

 सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे। उनले भने ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टासिएर बसिराखेको छ। लाज पनि छैन । बोल्दा खेरी पनि भ्यालु पनि छैन। कहाँ डिस्ट्यान्सिङ छ यहाँ। त्यसकारणले खतरा हुन गएको छ यो। यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन। सोसल डिस्ट्यान्सिङ गर्नुस यस्तो टासिएर बसेर हुन्छ?’

उनले कहिलेकार्ही कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गरे। उनले कार्यक्रम गरेर वार्ता हुनुपर्ने, भाषण गरिहाल्नु पर्ने भन्दै नेविसंका नेतृत्वलाई थर्काए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad