राजनीति


नेकपामा विवाद मिलाउन दोस्रो तहका नेताहरुको भेला : सहमति जुटाउन निकाले यस्तो सूत्र

नेकपामा विवाद मिलाउन दोस्रो तहका नेताहरुको भेला : सहमति जुटाउन निकाले यस्तो सूत्र

नेपालखबर
असार १९, २०७७ शुक्रबार ६:३७,

नेकपामा दोस्रो तहका नेताहरुको भेलाले अहिले पार्टीमा देखिएको विवाद गत मंसिर ४ र चैत २ मा भएका सहमतिमै टेकेरै सुल्झाउनु पर्ने र त्यसो गर्न सकिने निष्कर्ष निकालेको छ।

नेकपा नेता तथा कृषि मन्त्री घनश्याम भुसालको निवासमा शुक्रबार बिहान भएको भेलाले सो निष्कर्ष निकालेको हो।

‘यिनै विगतका सहमतिका आधारमा विवाद सुल्झाउन सकिन्छ। त्यसका लागि नेताहरुलाई भन्ने, अरुलाई पनि अपिल गर्ने र स्थितिलाई पहिले जहाँको तहिँ राख्ने, यसलाई अझ कुल डाउन गर्ने र विवाद सुल्झाउने सहमति भएको छ,’ मन्त्री भुसालले नेपालखबरसँग भने।

छलफलमा प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा र मणि थापा पनि थिए ।

मन्त्री भुसालले पार्टीमा विश्वासको वातावरण बनाएर विभाजनबाट बचाउन सकिने विश्वास व्यक्त गरे।

‘सबै साथिहरुका कुराहरु र्‍यासनल ९तर्कसंगत० छन् र यो टिम र आज भएको छलफलको स्प्रिट कायम राख्न सके समस्या समाधान गर्न सकिन्छ,’ उनले भने।

याे पनि: ओली र प्रचण्डबीच सहमति जुटाउन नेताहरु सक्रिय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad