पार्टीभित्र देखिएको विवाद समधानका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच निर्णायक वार्ता सुरु भएको छ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समधानका लागि निर्णायक वार्ता सुरु भएको हो।
शुक्रबार मध्यान्ह १२ बजे दुई अध्यक्षबीच वार्ता सुरु भएको बालुवाटार स्रोतले नेपालखबरलाई जानकारी दियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसहित सत्तारुढ नेकपामा जारी विवाद चर्किंर्द गएको छ।
पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली र सरकारको कार्यशैलीलाई लिएर चर्को आलोचना भएको थियो।
बिहीबार बिहान दुई अध्यक्षबीच भएको सहमतिविपरीले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राखेर संसदको जारी वर्षे अधिवेशन अन्त्य गरेपछि पार्टी फुटको संघारमा पुगेको हो।
विवाद उत्कर्षमा पुगेपछि समाधानको पहल थाल्नका लागि स्थायी समिति बैठक दुई दिनका लागि स्थागित गरिएको थियो।
आजै नेकपाका दोस्रो तहका नेताहरु पनि विवाद समधानका लागि आपसी छलफलमा जुटेका छन्।
याे पनि: ओली र प्रचण्डबीच सहमति जुटाउन नेताहरु सक्रिय
नेकपामा विवाद मिलाउन दोस्रो तहका नेताहरुको भेला : सहमति जुटाउन निकाले यस्तो सूत्र

प्रतिक्रिया