अमेरिकाका राष्ट्रपति पुनः चीनविरुद्ध आक्रामक भएका छन्। उनले कोरोना भाइरसलाई चिनियाँ प्लेगको संज्ञा दिएका हुन्।
यसअघि पनि कोरोना फैलिनुमा चीन दोषी रहेको आरोप लगाउने गरेका ट्रम्प केही समय यस विषयमा चुप लागेका थिए। तर फेरि चीनविरुद्ध खनिएका हुन्।
उनले भने, ‘चिनियाँ प्लेग, जुन फैलिन हुन्थेन, तर उनीहरूले यस्तो हुन दिए, हामीले भर्खरै एउटा नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं तर त्यसको मसीसमेत सुक्न पाएन।’
तल लिंकमा भिडियो सुन्न सकिन्छ:
#WATCH - Plague from China, that is what it is, should have never happened but they did allow it to happen. We had just signed a brand new trade deal and the ink wasn't even dry when it came over: Donald Trump, US President #COVID19 pic.twitter.com/a8z22VYX4H
— ANI (@ANI) July 2, 2020

प्रतिक्रिया