खेल


च्याम्पियन लिभरपुलमाथि सिटीको सानदार जित

च्याम्पियन लिभरपुलमाथि सिटीको सानदार जित

नेपालखबर
असार १९, २०७७ शुक्रबार १:५०,

प्रिमियर लिग च्याम्पियन लिभरपुरमाथि म्यानचेस्टर सिटीले ४–० को सानदार जित हात पारेको छ।

बिहीबार राति भएको खेल साविक विजेता सिटीले गतहप्ता मात्रै यस सिजनको उपाधि उचाल्ने पक्का गरेको लिभरपुललाई स्तब्ध पारेको हो।

खेलअघि विजेता बनेकोमा घरेलु मैदानमा सिटीले लिभरपुललाई गार्ड अफ अनर दिएको थियो। तर, खेलमा भने सिटीले गार्ड अफ अनर पाउनेजस्तो प्रदर्शन गर्यो।

पहिलो हाफको २५ देखि ४५ मिनेटको बीचमा सिटीले तीन गोल गर्यो। दोस्रो हाफमा एक आत्मघाती गोल उपहार पायो।

जोय जोमेजले रहिम स्ट्रिर्लिङमाथि फउल गरेपछि २५औं मिनेटमा केभिन डि ब्राउनीले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

३५औं मिनेटमा फिल फाडेनको पासमा रहिमले सिटीका लागि दोस्रो गोल गरे। यस्तै पहिलो हाफको अन्त्यमा फिल फोडेनले डि ब्राउनीको पासमा गोल गर्दै पहिलो हाफमा सिटीलाई ३ गोलको अग्रता दिलाए।

६६औं मिनेटमा अलेक्स ओक्सलेडे च्याब्ररलेनले आत्मघाती गोल गरेपछि सिटी ४–०ले विजयी रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad