साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राष्ट्रपति प्रधानमन्त्री ओलीलाई संकटबाट बचाउने साधन हुन नहुने बताएका छन।
मिश्रले बारम्बार राष्ट्रपतिको भुमिका ओली गुटका नेताको जस्तो व्यवहार गरेको भन्दै 'के राष्ट्रपति 'ओली गुट'का नेता हुन्?' भन्ने प्रश्न गरेका छन।
'होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छ? राष्ट्रपति गणतन्त्रका गहना हुन्। राष्ट्रपति संविधानका पालक र रक्षक हुन्। ओलीलाई संकटबाट बचाउने साधन होइनन्। सिँगो गणतन्त्रको खिल्ली नउडाऊँ,' मिश्रले सामाजिक सञ्जालमा लेखेका छन।
बिहीबारमात्रै मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्य गर्ने निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी थिइन।
3
Shares

प्रतिक्रिया