राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनसनरत युवाहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका छन्। बिहीबार पाटन कृष्ण मन्दिर पुगेर थापाले युवाहरुले उठाएका मागप्रति आफ्नो समर्थन प्रकट गरे।
त्यसक्रममा उनले अनसनरत ‘ई’ लगायत युवाहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनीहरुजीवन रक्षा गर्न र माग पुरा गर्न सरकारसँग आग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्।
जनसरोकारका मागहरु राखेर अनशन/सत्याग्रहमा बसेका 'ई' लगायतका युवाहरुको स्वास्थ्य अवस्था गंभीर बन्दैछ। युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम @kpsharmaoli र सरकारसंग आग्रह गर्दछु।#EnoughIsEnough अभियानमा हाम्रो एक्यबद्धता छ pic.twitter.com/MO4pMmFodO
— Kamal Thapa (@KTnepal) July 2, 2020पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै ई, सुदन गुरुङ, सुबानी सिजापती र पुकार बम शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै सत्याग्रहमा बसेका छन्।
यसैबीच लगातार एकहप्ता देखि खानापानी नखाएर अनसनमा बसेका ईः को स्वास्थ्यमा समस्या आएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया