सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जारी स्थायी समिति बैठक दुई दिनका लागि स्थगित भएको छ।
पार्टीभित्र देखिएको विवाद थप उत्कर्षमा पुगेपछि समाधानका लागि छलफल आवश्यक रहेको भन्दै दुई दिनका लागि बैठक स्थगित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठले पार्टीको अर्को बैठक पर्सि (२० गते) बस्ने जानकारी दिए।
‘बैठकले पुनः पार्टी एकतालाई रक्षा र सुदृढ गर्न र पार्टी, सरकार र राष्ट्रको आवश्यकतालाई पनि पूरा गर्नेगरी अगाडि बड्नका लागि आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेकाले पर्सि ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ’, प्रवक्ता श्रेष्ठले भने।
उनले विवाद समाधानका लागि आज र भोलिमा दुई अध्यक्ष र अन्य नेताहरबीच छलफल हुने बताए।
3
Shares

प्रतिक्रिया