नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटलाई कारबाही गरेको छ। नियामक निकायले पाइलट कुल बहादुर लिम्बु (केबी लिम्बु)लाई कारबाही गरेको हो।
गत चैत १४ गते वायुसेवाको विमान दुर्घटना भएको थियो। दुर्घटनामा मानवीय क्षति नभए पनि जहाजमा भने क्षति पुगेको थियो। प्राधिकरणले लिम्बुको कारण जहाज दुर्घटना भएको ठहर गर्दै २ वर्ष जहाज उडानमा प्रतिबन्ध लगाएको हो।
‘नेपालगञ्जमा निगमको जहाज दुर्घटना भएको थियो। त्यसैमा केबी लिम्बुलाई कारबाही गरिएको हो’, प्राधिकरणका एक अधिकारीले नेपालखबरसँग भने।

प्रतिक्रिया