राजनीति


सरकार र पार्टी सञ्चालनप्रति माधव नेपालले पोखे तीव्र असन्तुष्टि

सरकार र पार्टी सञ्चालनप्रति माधव नेपालले पोखे तीव्र असन्तुष्टि

नेपालखबर
असार १६, २०७७ मंगलबार १०:१३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले सरकार र पार्टी सञ्चालनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबारको स्थायी समिति बैठकमा आफ्ना धारणा राख्दै नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीको नेतृत्वमा रहेर राम्रोसँग काम गर्न नसकेको भन्दै अध्यक्षको कार्यशैलीप्रति आलोचना गरेका हुन्।

‘सरकार र पार्टी सञ्चालनमा नेतृत्व असफल जस्तै देखिएको छ, अध्यक्ष आफै सरकार प्रमुख भएर पनि सरकार ढलाउन भारत सक्रिय रहेको बताउनुहुन्छ,’ नेता नेपालले बैठकमा राखेको धारणा उधृत गर्दै एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘आफ्नै असफलता ढाक्न यस्ता अभिव्यक्ति आएका हुन् कि साँच्चै सरकार ढाल्न कोही लागेको हो, प्रष्ट पार्नुपर्छ।’

बुधबारको बैठकमा पनि नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सरकारले कामै गर्न नसकेको भन्दै राजधानीकै सडकको अवस्था हेर्ने भए कोटेश्वर र चाबहिलमा हेर्न जान आग्रह गरेका थिए।

गतसाता बैठक उद्घाटनको दिन आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले निकै राम्रो काम गरेको भन्दै आफै लम्बेतान प्रशंसा गरेपछि वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई बीचमै रोकेर सडकका खाल्डा हेर्न साँखु जान आग्रह गरेका थिए।

मंगलबारको बैठकमा नेता नेपालले पार्टी सञ्चालन पद्धति समेत गलत भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad