राजनीति


भारतले लगायो टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

भारतले लगायो टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

नेपालखबर
असार १५, २०७७ सोमबार १५:१७,

भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

सीमामा तनाव बढ्दै जाँदा भारतले यस्तो कदम लगाएको हो।

प्रतिबन्ध लगाइएकामा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप छन्।

ती एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध घोषणा गरेको हो।

टिकटिक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।

जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता भारत र चीनबीच तनाव बढेको छ। 

भारतमा चिनियाँ सामान बहिष्कार गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ। 

प्रतिबन्धित एपहरु:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad