कला


भुवन केसी र साम्राज्ञी शाहबीच याे स्तरसम्म आरोप-प्रत्यारोप (भिडियोसहित)

भुवन केसी र साम्राज्ञी शाहबीच याे स्तरसम्म आरोप-प्रत्यारोप (भिडियोसहित)

नेपालखबर
असार १५, २०७७ सोमबार १५:९,

नेपाली चलचित्र जगतका पुराना पुस्ताका सुपरस्टार भुवन केसी र नयाँ पुस्ताकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीच अहिले सामाजिक सञ्जालमा दोहोरी परिरहेको छ।

तीन दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाइन्। त्यसपछि अभिनेता तथा निर्माता केसीले सामजिक सञ्‍जालबाट प्रतिवाद गरे। त्यसपछि साम्राज्ञीले उनको नामै तोकेर जापानमा एक अवार्ड कार्यक्रमका क्रममा दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो जारी गरिन्।

त्यस भिडियोमा साम्राज्ञीले आफूलाई सुटिङ स्थलमै अश्लील गालीसमेत गरेको भनेर लामै पीडा पोखेकी छन्।यसपछि फेरि अभिनेता भुवन केसीले फेसबुकबाट साम्राज्ञीप्रति कटाक्ष गरेका छन्।

साम्राज्ञीको नाम नलिईकन अभिनेता केसीले आइतबार राति फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोईकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने! सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि!!’

भुवन केसीकाे याे स्टाटसप्रति विभिन्न कमेन्ट आइरहेका छन्। यसैबीच अभिनेत्री साम्राज्ञी शाहले फेरि भुवनको टिप्पणीकाे कडा प्रतिवाद गर्दै इन्स्टाग्रामै फेरि अर्को भिडियो सार्वजनिक गरेकी छन्। (जुन अन्तिममा राखिएको छ।)

उनले भिडियोमा आफूलाई सुटिङका बेला त्यो व्यक्तिले मुखमै आएर कुरा गर्ने गरेको तर आफूलाई मन नपरेको बताएकी छन्। उनले भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो। उहाँले मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ आउँथेन। यो अवस्था आएको नै उहाँले गर्दा हो।’

‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा। यस्तो कुराहरू नगर भनेर मलाई सम्झाउनु भयो,’ उनले भिडियाेमा अत्यन्त भाुवक मुद्रामा भनेकी छन्, ‘भित्र मलाई घिन लागिरहेको थियो। त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार। त्यही परभर्ट व्यवहार। गालामै मुख ल्याएर बोलिरहेको थियो। उहाँलाई अंकल भनेको पन पर्दैन। हस दाइ भन्दै धकेलिदिएँ। म जे बोल्दै छु यो सबै सत्य हो।’

हेराैँ साम्राज्ञीले सार्वजनिक गरेकाे भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad