ad ad

राजनीति


चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले एक/एक लाख राहत दिने

चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले एक/एक लाख राहत दिने

नेपालखबर
असार १२, २०७७ शुक्रबार ४:४२,

प्रदेश २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतकका परिवारलाई एक एक लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ।

प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतकका परिवारलाई सरकारको तर्फबाट एक एक लाख राहत दिने गरेका हुन्।

बिहीबार चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर मन्त्री साहले भेट गरेका छन्।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो।

चट्याङ लागेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .