कारोबार


अख्तियार लगाएर सरकारले निजी क्षेत्रलाई झन् निचोर्दै छ (भिडियो)

अख्तियार लगाएर सरकारले निजी क्षेत्रलाई झन् निचोर्दै छ (भिडियो)

किरण साखः (स्टिल व्यवसायी)
असार १०, २०७७ बुधबार ९:१८,

 कोरोना भाइरस महामारीले अहिले सारा व्यवसाय चौपट भएको छ।

यस्तो अवस्थामा अर्थतन्त्र चलायमान बनाउने चिन्ता त कहाँ हो कहाँ, सरकारले सुविधा दिने, उद्योग व्यवसाय चलाउन सरल बनाउने र सहजीकरण गर्ने हामी निजी क्षेत्रले गरेको अपेक्षा लत्याएको छ।

निजी क्षेत्रलाई निरन्तर रुपमा निचोर्ने, कस्ने, नियमन गर्ने र यस्तो गरेमा यिनीहरु सिधा हुन्छन् भन्ने मात्रै मनसाय राखेको छ।

यस्तो मनसाय हुनुको कारण के पनि हुनसक्छ भने सरकारमा भएका आफैँ पनि बांगोबांगो छन्। त्यहाँ हरेक चिजमा भ्रष्टाचार छ। त्यस्तै भ्रष्टाचार यता पनि छ कि भन्ने मनसाय उनीहरुको देखिन्छ।

चोरले सबैलाई चोर नै देखेजस्तै हो यो कुरा पनि। नत्र भने कति निकाय छन्, व्यवसायीलाई नियमन गर्ने। अहिले थप किन चाहियो?

यस्तो किसिमको गतिविधिले कामभन्दा पनि झन् भ्रष्टाचार बढ्ने हो। निजी क्षेत्रमा समेत अख्तियारले हेर्ने गरी ल्याउन लागिएको अख्तियार विधेयकले सानालाई भन्दा बैंक, इन्स्योरेन्स जस्ता ठुल्ठुला क्षेत्रमा आँखा लगाउने हो कि भन्ने मनसाय देखिन्छ।

तर, भन्न सकिँदैन। हाकिमको तजबिज हो। जसलाई पनि तान्नसक्छ। तानिसकेपछि केही न केही त भेटिएला। जो पर्यो उसैले सास्ती पाउने हो। जो परेन, ऊ भाग्यमानी भयो। हुने यही हो।

अख्तियारजस्ता विषयले व्यवसायीमा त्रास बढाउँछ। यहाँ काम गर्नेभन्दा पनि त्रासैत्रास छ। सरकारले पेट्रोल बेच्दा नै कति प्रतिशत नाफा खाइरहेको छ तर जनताले फाइदै पाउँदैनन्। २० प्रतिशतभन्दा बढी खायो भने जेल जानुपर्ने अवस्था छ।

खुला अर्थतन्त्र हो कि होइन भन्नेजस्तो लाग्छ यहाँ। खुला अर्थतन्त्र हो भने त सबै चिजलाई खुला गर्नुपर्यो नि! नियन्त्रण गर्नुपर्ने चिजमा नियन्त्रण छैन। खुला हुनुपर्ने ठाउँ खुला छैन। स्टिल उद्योगमा चाहिनेभन्दा धेरै उद्योग आए। कतिपय टाट पल्टिने अवस्थामा छन्। खोइ नियमन गरेको?

यस्तो कुरा नियन्त्रण छैन तर व्यवसायीलाई नियन्त्रण गर्न खोजिन्छ।

आजको दिनमा भ्याटको समस्या, न्यून बीजकीकरण आइरहेका छन्। ठूला व्यापारी पनि यसमा जोडिएका छन्। काम भइरहेको छ। अहिले पनि यो रोक्नसक्ने कानुन छ। सरकारले कसैको दर्ता खारेज गर्न नै सकेन। काम नै नगर्ने हो भने त जति आए पनि यस्तै हो।

औपचारिक क्षेत्रलाई समस्या छ। अनौपचारिक क्षेत्रले जे गरे पनि हुन्छ। अनौपचारिक क्षेत्रको दबदबा छ। औपचारिक क्षेत्रले धेरै काम गर्नै सक्दैन। जबसम्म न्यून बीजकीकरणलाई नियन्त्रण गर्न सकिँदैन, तबसम्म औपचारिक क्षेत्रले रिटेल व्यापारमा जानसक्दैन।

भिडियो हेर्नुहोस् -

(उनी साखः स्टिलका उपाध्यक्ष तथा नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad