राजनीति


भर्चुअल बैठक भइरहेका बेला अचानक पाेर्न भिडियो प्ले भएपछि पर्यटन बोर्डले माग्यो माफी

भर्चुअल बैठक भइरहेका बेला अचानक पाेर्न भिडियो प्ले भएपछि पर्यटन बोर्डले माग्यो माफी

नेपालखबर
असार ८, २०७७ सोमबार १७:२४,

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न सोमबार आयोजित भर्जुअल बैठकमा अचानक पोर्न भिडियो प्ले भएपछि नेपाल पर्यटन बोर्डले माफी मागेको छ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बोलिरहेका बेला करिब १ मिनेट पोर्न भिडियो प्ले भएको थियो। ‘ह्यारिस’ नामको अनधिकृत आईडीबाट यस्तो भिडियो देखिएपछि बैठक बीचैमा रोकियो।

यसैकारण नेपाल पर्यटन बोर्डले लगत्तै विज्ञप्ति निकालेर क्षमा मागेको हो। साथै घटना छानबिन अगाडि बढाइसकेको पनि बोर्डले जनाएको छ। 

जुम मिटिङमार्फत 'पर्यटन बोर्डले पर्यटन क्षेत्र व्यवसाय सञ्चालन कार्यविधि' सार्वजनिक गरेकाे थियो। जुममा २ सयभन्दा बढी सहभागि थिए।  

पर्यटन सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्यलगायतले भर्चुअल मन्तव्य दिएका थिए।  

जुम मिटिङमा सहभागि भएका एकजनाले उक्त भिडियो सेयर गरेका थिए। त्यसको केही क्षणमा बैठक बन्द भएको थियो।

त्यसपछि माफी माग्दै पर्यटन बाेर्डले निकालेकाे विज्ञप्ति:

paryatan

विज्ञका अनुसार ‘जुम’ प्रयोग गर्दा यसअघि पनि यस्ता घटना प्रशस्तै भएका छन्। थुप्रै जुम मिटिङमा यस्तो अश्लील दुर्घटना भएका छन्। यसकारण ‘जुम’ प्रयोग गर्ने कि नगर्ने भन्ने अन्योल बढेको छ।

‘जुम’ चीनमा विकास भएको एप हो, जुन भर्चुअल मिटिङ/वेबिनारमा प्रयोग गरिन्छ। जुम त्यस्तो एप हो, जसलाई भारत सरकारले प्रयोग गर्दैन भने विदेशका विभिन्न स्कुल/विश्वविद्यालयले पनि यसमा बन्देज लगाएका छन्।

तर नेपाल सरकारले यो एपलाई आफैंले प्रवर्धन गरेको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार यो एप प्रयोगका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सहयोग गरेको छ।

zoom 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .