राजनीति


जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

शैलेन्द्र महतो
असार ८, २०७७ सोमबार १५:११,

नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ। सोमबार साँझ जनकपुरको भानुचोकमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।

पुत्ला जलाउन लागेपछि प्रहरीले पानीले निभाउने प्रयास गरेको थियो। तर प्रदर्शनकारीहरुले अवरोध गरेका थिए।

पुत्ला जलाउनु अघि उनीहरुले नागरिकता ऐन संशोधन विधेयक खारेज गर्न माग गर्दै प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाएका थिए।

संघीय सरकारले नागरिकता ऐन संशोधन विधेयकमा नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरी ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ।

नागरिकता ऐन संशोधन विधेयकमा राखिएको सो प्रावधान खारेजीकाे माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad