ad ad

राजनीति


नागरिकता ऐन संशोधन विधेयक विरुद्ध प्रदेश २ मा प्रदर्शन

नागरिकता ऐन संशोधन विधेयक विरुद्ध प्रदेश २ मा प्रदर्शन

शैलेन्द्र महतो
असार ७, २०७७ आइतबार १२:१०,

नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरमा विभिन्न पार्टी तथा संघसंगठनले प्रदर्शन गरेका छन्।

नेपाल तरुण दल, जनता समाजावदी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेकको विरुद्धमा प्रदर्शन गरेका हुन्। 

नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई सातवर्ष पछि मात्र अंगिकृत नागरिकता दिने सत्तारुढ नेकपाले निर्णय गरेको थियो।

7-yrss.jpg

नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागिएको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन्। पर्साको वीरगञ्ज, सप्तरीको राजविराज लगायत विभिन्न जिल्लाहरुमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले आइतबार विरोध प्रदर्शन गरेका हुन्।

अर्को मूलुकबाट विवाह गरी आउने बुहारीलाई सातवर्ष पछि मात्र नागरिकता दिने संविधानको मूलमर्म र भावना विपरीत भएको कांग्रेस र जसपाको धारणा छ। यसले नेपाल भारतबीच युगौंदेखि रहेको बेटीरोटी र सांस्कृतिक सम्बन्धमा खलल पुग्ने ती दलहरुले दाबी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .