यसको मतलब भारतीय सेनाले आवश्यक परे सिमानमा हतियार पनि प्रयोग गर्न पाउनेछन्। उनीहरुलाई हतियार प्रयोग गर्नबाट बन्चित गरिएको छैन।
गत सोमबार भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चिनियाँ सेनाले आफ्ना सेनाको अवस्थाका बारेमा हालसम्म केही सार्वजनिक गरेको छैन यद्यपी भारतीय पक्षले चिनियाँ सेनाहरु पनि मारिएको दाबी गरेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सेनाले ‘रुल्स अफ इन्गेजमेन्ट आरओईमा बदलाब ल्याइरहेका छन्। गलवान उपत्यकामा भारतीय सेनाको मृत्यु भएपछि देशभर भारतीय सेनालाई बिना हतियार किन सीमामा पठाइयो भनेर प्रश्न उठिरहेको छ।
जवाफमा सरकारले सेनासँग हतियार भएपनि चिनियाँसँग भएको सम्झौताका कारण हतियार प्रयोग नगरिएको जवाफ दिएको थियो।
भारत र चीनबीच सन् १९९६ को सम्झौताअनुसार सीमा क्षेत्रमा दुवैतर्फका सेनाले हतियारको प्रयोग गर्न पाउँदैनन्। गत सोमबारको झडपमा काँडेतारले बेरिएको डन्ठा प्रयोग भएको भारतीय पक्षले बताएका छन्।
लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यका र पाङगोङ तालको विषयलाई लिएर भारत र चीनबीच विवाद छ।
गत मे देखि उक्त क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच आमने सामने हुँदै आएको थियो। गलवान उपत्यका र पाङगोङ ताल चीन र भारतको सीमासँग जोडिएकाले दुवै देशले यी क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन्।
पछिल्लो सयम तनाव बढ्दै जाँदा सेनास्तरमा विवाद कम गर्ने विषयमा छलफल पनि भएको थियो। तर छलफल जारी रहँदै दुवैदेशका सेनाबीच हिंस्रक झडप भएको हो।
चीनले यो घटनापछि आफ्नो औपचारिक विज्ञप्तीमा भारतीय सेना चिनियाँ भूमिमा जबर्जस्ती घुसेर आक्रमण गर्न थालेपछि हिंस्रक झडप भएको बताएको छ।
भारतीय पक्षले भने चिनियाँ सेना आफैं भारतीय भूमिमा प्रवेश गरेको बताएको छ। एजेन्सी

Shares

प्रतिक्रिया