ad ad

राजनीति


चीनले भन्योः भारतीय सैनिक नियन्त्रणमा लिएकै छैन

चीनले भन्योः भारतीय सैनिक नियन्त्रणमा लिएकै छैन

नेपालखबर
असार ५, २०७७ शुक्रबार १७:११,

लद्दाखको गलवान क्षेत्रमा सोमबार भएको भिडन्तको क्रममा नियन्त्रणमा लिइएका १० जना भारतीय सैनिकलाई छाडेको खबरको खण्डन गर्दै चीनले त्यसरी नियन्त्रणमा नै नलिएको बताएको छ।

भारतीय सैनिक स्रोतलाई उधृत गर्दै बिहीबार राती भारतीय दैनिक द हिन्दु लगायतले दुवै पक्षबीच भएको लामो वार्तापछि चीनले नियन्त्रणमा लिएका एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जना भारतीय सैनिकलाई छोडेको रिपोर्ट दिएका थिए।

शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नलिएको बताएर धेरैलाई आश्चर्यमा पारेका छन्।

‘चीनले कुनै भारतीय सैनिकलाई कब्जामा लिएको छैन’, प्रवक्ता झाओ लिजिआनले भने, ‘(भिडन्तको) जिम्मेवारी सम्पूर्ण रूपमा भारतीय पक्षमा नै निहित छ।’

यसअघि भारतीय सैनिक स्रोतहरूले नै गलवान क्षेत्रमा परिचालित आफ्ना सैनिकहरू नहराएको बताएको थियो। सोमबार भएको करिब पाँच घण्टा लामो हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिक मारिएका थिए भने ७६ भारतीय सैनिक घाइते भएका छन्।

भारतीय पक्षले भिडन्तमा चीनतर्फ पनि क्षति भएको दाबी गरेपनि बेइजिङले यसबारे सार्वजनिक रुपमा केही जानकारी दिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .